काठमाडौं- समाजमा रहेका अनार्थ, आपङ, दलित तथा अति विपन्न वर्गलाई शिक्षा, स्वास्थ्य एवम मानव अधिकारको क्षेत्रमा सह्योग गर्ने मुल उदेश्यका साथ स्थापित सोलिडारिटी नेपालले सृजन्सिल बाल सेवा परिवारलाई एक कार्यक्रम गरी सह्योग गरेको छ । जेठ ६ गते आयोजित एक कार्यक्रममा १४ जना अति विपन्न वर्गका बालबालिकाहरुलाई सौशिक सामग्री, खाध्यान तथा आर्थिक सहयोग गरिएको हो । हाल उक्त परिवारमा १४ जना बालबालिकाहरु रहदै आएका छन ।
कार्यक्रममा सोलिडारिटी नेपालका सद्स्यहरुको उपस्थिति थियो । “बालबालिकाहरुको सह्योगका निम्ती आफुहरु पछी नह्ट्ने” कार्यक्रममा उपस्थित सोलिडारिटी नेपालका अधक्ष्य राजेन्द्र गौतमले बताए ।
कार्यक्रममा उपस्थित बालबालिका, समाजसेवी, अथिति लगायत सबैले येस्तो कार्यको प्रसंशा गरेका थिए ।समाज सेवामा युवाहरुको सक्रियता उत्कृष्ट रहेको समाजसेवी कमला पौडेलले थपिन ।
काठमाडौंमा प्रमुख कार्यालय रहेको एस.एन ले हाल नेपालका सात जिल्लालाई कार्यक्षेत्र बनाई बिभिन्न कार्यहरु बिस्तार गरेको छ । मिसन लिट्रेसी नामक अभियानको सुरुवात गरेको यस संस्थाले बाग्लुङ, गुल्मी, कास्की, नवलपरासी, रुपन्देही, सिन्धुपाल्चोक र काठमाडौंमा रहेका विपन्न परिवारका बालबालिकाहरुलाई सह्योगका साथै सरकारी बिधालयहरुमा कम्प्युटर शिक्षा प्रदानको निम्ती बिशेस सह्योग गर्दै आएको छ ।
अमेरिका, जापान्, युके, अस्ट्रेलिया र क्यानाडामा समेत नेट्वोर्क रहेको एस.एन ले अरु रास्ट्रमा पनि नेट्वोर्क बिस्तारको प्रयास गरी रहेको छ । बालबालिकाको सर्वागिण विकासका निम्ती आबश्यकता अनुसार थप सहयोगका कार्यक्रमहरु आगाडि ल्याउने कमल पौडेलले भने । कार्यक्रममा अफिस सेक्रेटेरी अनिल शर्माको पनि उपस्थिती थियो ।
( प्रस्तुतन्यूज बाग्लुंग न्यूजमा प्रकाशित भएको हो )